प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १३ : ५५
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बेलायतमा भेटवार्ता गर्ने भएका छन्।

स्कटल्यान्डस्थित ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने भएका हुन्।

कोप २६ को साइडलाइन वार्ताका क्रममा प्रम देउवा र भारतीय प्रम मोदीबीच अर्को साता भेटवार्ता हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ। उक्त भेट देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस