काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो ।
भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे ।
मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्वीजरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायीक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानुन पारित गरि लगानीको वातावरण सिर्जना गर्न आग्रह गरिन् । उनले भनिन्, ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यवासायीक शिक्षामा छन्,’ उनीहरु त्यहाँबाट सिधै रोजगारीमा केन्द्रीत हुन्छन् त्यही अनुसार शिक्षामन्त्रालयले कानुन निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’
स्वीजरल्याण्ड सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम, रोजगार कोष परियोजा, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न छात्रवृत्तिलगायतमा सहयोग गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ कार्तिक २०७८, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता