नेकपा एकीकृत समाजवादीले पायो चुनाव चिन्ह

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १७ : २७
नेकपा एकीकृत समाजवादीले पायो चुनाव चिन्ह

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ ।

प्रतिक्रिया दिनुहोस