सकियो प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीचकाे छलफल, १५ न्यायाधीशको छलफल पुनः सुरु

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १२ : ५८
सकियो प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीचकाे छलफल, १५ न्यायाधीशको छलफल पुनः सुरु

काठमाडौँ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूबीच बसेको छलफल सकिएको छ ।

प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि १५ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन् । प्रधानन्यायाधीशलाई भेटेर न्यायाधीशहरू फेरि सामूहिक छलफलमा बसेका छन् । 

प्रधानन्यायाधीशसँगको छलफल र सामूहिक छलफलका कारण मंगलबार पनि इजलास प्रभावित हुने भएको छ । सोमबार पनि न्यायाधीशहरू इजलासमा नबसेर आपसी छलफलमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस