प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १२ : ०८
प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो ।

प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ ।

सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् ।
प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफलले कस्तो निष्कर्ष निकाल्छ भन्नेमा सर्वत्र चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस