आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १२ : २२
आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा  राति नेपाली समयअनुसार ७:४५ बजे सुरु हुनेछ ।

सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ ।

स्कटल्यान्डले पहिलो पटक विश्वकपको सुपर-१२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहँदै स्कटल्यान्डले सुपर-१२ मा स्थान बनाएको हो । दुई टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ ।

पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।हिजो (आइतबार) भएको बहुप्रतीक्षित खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस