चीन । चीनमा एकपटक पुनः कोरोनाभाइरसको संक्रमण फैलिएको र यसका लागि डेल्टा भेरियन्ट जिम्मेवार रहेको बताइएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोनाभाइरस पुनः फैलिएको छ ।
चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् । चीनका केही महामारी रोग विशेषज्ञले यो सन् २०२० मा उहानमा फैलिएको संक्रमणपछि सबैभन्दा खतरनाक संक्रमण हुनसक्ने धारणा व्यक्त गरेका छन् ।
पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १०६ संक्रमित अन्य देशबाट आएका पर्यटक थिए । । १७ अक्टाबेरपछि चीनका ११ प्रान्तमा घरेलु संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ कार्तिक २०७८, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण