चीन । चीनमा एकपटक पुनः कोरोनाभाइरसको संक्रमण फैलिएको र यसका लागि डेल्टा भेरियन्ट जिम्मेवार रहेको बताइएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोनाभाइरस पुनः फैलिएको छ ।
चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् । चीनका केही महामारी रोग विशेषज्ञले यो सन् २०२० मा उहानमा फैलिएको संक्रमणपछि सबैभन्दा खतरनाक संक्रमण हुनसक्ने धारणा व्यक्त गरेका छन् ।
पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १०६ संक्रमित अन्य देशबाट आएका पर्यटक थिए । । १७ अक्टाबेरपछि चीनका ११ प्रान्तमा घरेलु संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ कार्तिक २०७८, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास