एमाले प्रवेश गर्दै पूर्वआइजीपी सर्वेन्द्र खनाल

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, २० : २७
एमाले प्रवेश गर्दै पूर्वआइजीपी सर्वेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

खनाल एमाले प्रवेश गर्ने तयारी भइरहेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालले शनिबार देशभर वडा अधिवेशन गरेको छ। कार्तिक ९ गते एमालेको पालिका अधिवेशन छ ।

प्रतिक्रिया दिनुहोस