कांग्रेसको किचलोको कारण प्रदेश १ मा आचार्यको सत्ताको आयु लम्बियो

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, २० : ०६
कांग्रेसको किचलोको कारण प्रदेश १ मा आचार्यको सत्ताको आयु लम्बियो

काठमाडौँ । नेपाली कांग्रेको आन्तरिक किचलोका कारण प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद अन्ततः ८ दिन थप लम्बिएको छ ।

नेपाली काँग्रेसले समेत आइतबार प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै मुख्यमन्त्री आचार्यलाई आगामी ८ दिनसम्म सत्तामै राख्न भूमिका निर्वाह गरेको छ । कांग्रेसको आन्तरिक किचलोका कारण मुख्यमन्त्री आचार्यको सरकारको आयु लम्बिएको छ । 

आइतबार विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन बस्नुपर्ने प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु ८ दिन लम्बिएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार प्रदेशसभा बैठक आइतबार सञ्चालन हुन्थ्यो भने मुख्यमन्त्री आचार्यले आइतबार नै सत्ता छाड्नु पर्दथ्यो । तर, उनको कार्यकाल ८ दिनसम्म लम्बिएको छ ।


 

प्रतिक्रिया दिनुहोस