चार वर्षपछि अदालतको आदेशमा स्वतन्त्र उम्मेदवार विजयी

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १८ : ३९
चार वर्षपछि अदालतको आदेशमा  स्वतन्त्र उम्मेदवार विजयी

महोत्तरी । महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका हुन् ।

यसअघि नेपाली काँग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । चार वर्षपछि आएको फैसलामा उनी विजयी भए । राय २ मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको अदालतले आदेश सुनायो ।

प्रतिक्रिया दिनुहोस