कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ५५७ जनामा संक्रमण पुष्टि, ८७७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १७ : ०४
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ५५७ जनामा संक्रमण पुष्टि, ८७७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

CG Developers Tansen Cement box

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ६१ र एन्टिजेन विधिबाट १ हजार ५६४ जनामा परिक्षण गर्दा ५५७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ९ हजार ५६ र एन्टिजेनबाट ९४ हजार १५ जना पुगेको छ ।  

यस्तै, आज थप ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५०७ जना पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३४८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ ।