अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

मेयरद्वारा शक्तिको दुरुपयोग

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १६ : ४४
अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

काठमाडौँ । नेकपा एमालेले विरामीलाई नै त्रसित पार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ । काठमाडौं तारकेश्वर नगरपालिकाकोको एक मात्र नगर अस्पताल साङ्लामा नेकपा एमालेले वडा नम्बर १ को अधिवेशन सम्पन्न गरेको हो । उपमेयर भवानी डोटेल धितालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको चर्को आवाजले अस्पतालका बिरामीहरू त्रसित बनेका थिए । 

अधिवेशनले गोपाल सापकोटाको नेतृत्वमा निर्विरोध वडा समिति निर्वाचित गरेको छ । नगरप्रमुख र उपप्रमुख, वडाध्यक्ष तीनैजना एमालेबाट निर्वाचित भएकाले शक्तिको दुरुपयोग गर्दै उनीहरुले अस्पतालमै अधिवेशन गरेका हुन् । ‘अन्य पार्टी प्यालेस र सार्वजनिक स्थल थिए तर, मेयरज्यूले शक्तिको दुरुपयोग गरेर अस्पतालमै अधिवेशन गर्नु भयो’, एक स्थानीयले भने, ‘अस्पतालका बिरामी सबै त्रसित बनाएर पार्टी कार्यक्रम भयो ।’

प्रतिक्रिया दिनुहोस