प्रदेश १ प्रदेशसभा बैठक रोक्न कांग्रेस र एमालेको माग, कारण यस्तो

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १२ : ३२
प्रदेश १ प्रदेशसभा बैठक रोक्न कांग्रेस र एमालेको माग, कारण यस्तो

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश नम्बर–१ ले आजको प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ । आइतबार दिउँसो बोलाइएको बैठक तत्काल स्थगित गर्न दुई दलले माग गरेको हो । 

आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ ।

कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए । यस्तै, एमालेले कात्तिक ९ गते आफ्नो पालिका अधिवेशनलगायतको कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

दुई दलले बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदिपकुमार भण्डारी परामर्श गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस