काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ ।
प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन् ।
केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि आजका सबै मुद्दाको सुनुवाइ प्रभावित भएका छन् । मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीशसहित सर्वोच्चका पाँचजना न्यायाधीशहरू यतिवेला छलफलमा जुटेका छन् ।
न्यायाधीशहरूबीच छलफल सुरु भए पनि आजका लागि तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ सुरु भएको छैन । सर्वोच्च अदालतकै एकजना न्यायाधीशका अनुसार प्रधानन्यायाधीशविरुद्ध सुरु भएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भनेर यतिवेला न्यायाधीशहरू दिपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा समूहगत छलफलमा जुटेका छन् ।
ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले समूहगत छलफलको निष्कर्षअनुसार अघि नबढे केही न्यायाधीशहरूबाट इजलासमा नबस्ने घोषणा हुनेछ ।
आफ्नो कोटाबाट मन्त्रीको भाग खोजेको, मुद्दा फैसलामा अस्वाभाविक चलखेल गरेकोलगायतका कारण देखाउँदै यसअघि नै पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीश राणालाई मार्गप्रशस्त गर्न सुझाव दिइसकेको छ । नेपाल बारले समेत मार्गप्रशस्त गर्नुपर्ने भन्दै आन्दोलतको तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चद्वारा गौर हत्याकाण्ड मुद्दामा कारण देखाउ आदेश जारी
रेशम चौधरीको मुद्दा हेर्न नमिल्ने सूचीमा
गण्डकी सरकारविरुद्धको रिटमाथि न्यायाधीश विनोद शर्माको इजलासमा सुनुवाइ हुँदै
स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री बनाउन नहुने रिटमा अग्राधिकारसहित कारण देखाऊ आदेश जारी
पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू : सर्वोच्च
दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश