प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउने सम्भावना

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, ११ : ३८
प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउने सम्भावना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि आइतबार मतदान हुँदै छ । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका थिए । आइतबार दिउँसो साढे १२ बजे बस्ने बैठकमा  उक्त प्रस्तावलाई मत विभाजनमा लैजाने सार्वजनिक कार्यसूचीमा उल्लेख गरिएको छ । 

सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए । 

 ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेका छैन्न । 

केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ । नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ । 

प्रतिक्रिया दिनुहोस