टीट्वेन्टी विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १० : ५६
टीट्वेन्टी विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

एजेन्सी । विश्व क्रिकेटमा भारत र पाकिस्तानको बिच खेल निखै चाख मानेर हेरिन्छ । त्यही दुई चिरप्रतिद्धन्द्धी राष्ट्र आज टीट्वेन्टी विश्वकपको आ–आफ्नो पहिलो खेलमा आइतबार आपसमा भिड्दैछन्।

यूएईको आबुधावीमा नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने खेलमा पाकिस्तान प्रतियोगिताको इतिहासमा भारतसँग लगातार पाँच खेलको हार टुंग्याउने प्रयाशमा  रहने  छ।

टीट्वेन्टी विश्वकपमा कुनै पनि टोलीले एकै टिमसँग योभन्दा धेरै लगातार खेल हारेका छैनन्। वेस्ट इन्डिजले इंग्ल्याण्डसँग र पाकिस्तानले बंगलादेशसँग पनि टीट्वेन्टी विश्वकपका पछिल्ला लगातार पाँच खेल जितेका छन्।

सन् २०११ को एकदिवशीय विश्वकपको सेमिफाइनलयता यी दुई टोलीबीच विश्वकपमा मात्र ५ पटक प्रतिस्पर्धा भएको छ भने ती सबैमा भारत विजयी भएको छ। ती खेलमा भारतले क्रमशस् ८ विकेट, ७ विकेट, ७६ रन, ६ विकेट र ८९ रनको जित हात पारेको थियो। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले पाकिस्तानसँग हालसम्म भएका ८ भिडन्तमा केवल एउटामा मात्र पराजय ब्यहोरेको छ ।

एकदिवशीय विश्वकपमा समेत पाकिस्तानले भारतलाई हराउन सकेको इतिहास छैन। टीट्वेन्टी विश्वकपको ६ वटा संस्करण सकिँदासम्म भारत र पाकिस्तान दुवैले एकएकपटक यो प्रतियोगिता जितेका छन्। वेस्ट इन्डिजले दुईपटक तथा इंग्ल्याण्ड र श्रीलंकाले एकएकपटक जितेका छन्।

प्रतिक्रिया दिनुहोस