काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
आज देशभरको मौसम कस्तो रहला ?
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षा, हावाहुरीको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?