काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिए । मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा ‘प्याकेज०मा निर्णय गरिने बताए ।
उनले प्रदेश नं १ र वाग्मतीमा आधा÷आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिए। मन्त्री खड्काले नेकांको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताए।
मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यानुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताए। एक प्रश्नको जवाफमा उहाँले ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने बताए ।
उनले बेमौसमी वर्षाका कारण आएको बाढीपहिराबाट निधन भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै बाली तथा पशुपक्षी क्षतिको तथ्याङ्क सङ्कलनपश्चात् थप राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ कार्तिक २०७८, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक छ : मन्त्री खड्का
घिसिङलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का
ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ: मन्त्री खड्का
निजी क्षेत्रको सहभागितामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का