एमाले वडा अधिवेशन उद्घाटनमा किन देखिएनन् बादल र भीम रावल ?

सफल खबर संवाददाता

शनिबार, ०६ कार्तिक २०७८, १२ : ३०
एमाले वडा अधिवेशन उद्घाटनमा किन देखिएनन् बादल र भीम रावल ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पार्टीका ६ हजार भन्दा वढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन गरेको घोषणा गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन् । 

पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए । 

कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन् । सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित छन् ।

पार्टी प्रवक्ता योगेश भट्टराई विरामी परेर अस्पताल भर्ना भएका कारण कार्यक्रमको संचालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस