काठमाडौँ । ट्रि इन्टरटेनमेन्टले आफूले बनाएको ‘माया पिरेम’ बोलको गीतमा टिकटक बनाउनेले १ लाखसम्म पुरस्कार जित्नेछ ।
हालसम्म भ्युज संख्या २० लाख माथि पुर्याइसकेको यो गीतका क्लिप ट्रि इन्टरटेन्मेन्ट टिकटक एकाउन्टमा राखिएको छ। यसमा कात्तिक २२ गतेसम्म टिकटक बनाउन सकिने ट्रि इन्टरटेन्मेन्टले जनाएको छ। आयोजकले दिएका ह्यास्टट्याग प्रयोग गर्दै टिकटक बनाउन सकिने जनाइएको छ।
यस प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।
यसैगरी दोस्रोलाई ५० हजार, तेस्रोलाई ३५ हजार, चौथोलाई २५ हजार, पाँचौलाई २० हजार, छैटौंलाई १५ हजार, सातौंलाई १२ हजार, आठौंलाई १० हजार, नवौंलाई ८ हजार र दशौं हुनेलाई ६ हजार रुपैयाँ पुरस्कार दिइनेछ। उक्त म्युजिक भिडिओमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेका साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभियन गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक