धुलिखेल जिपलाइनमा प्रचण्ड सरर....

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, १३ : ४२
धुलिखेल जिपलाइनमा प्रचण्ड सरर....

धुलिखेल । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जिपलाइन खेल्न धुलिखेल पुगेका छन् । शुक्रबार पारिवारिक भ्रमणका रहेका प्रचण्डले जिपलाइन खेलेर मज्जा लिएका धुलिखेल जिपलाइन सञ्चालक वर्ल्ड वाइड एडभेन्चर प्रालिले जनाएको छ ।

नाति, नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहसिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस