आज कति छ सुनचाँदिको बजारमुल्य ?

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, ११ : २४
आज कति छ सुनचाँदिको बजारमुल्य ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो । तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । 

गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २५० रुपैयाँमा झरेको हो । 

प्रतिक्रिया दिनुहोस