काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको टोलीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको छ । एनआरएनएभित्र विवाद चर्किँदै गएको तथा महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयबाट विभिन्न अड्चन खडा भएका बेला पन्तसहितको टोलीले ओलीलाई बालकोट पुगेर ओलीलाई भेटेको हो ।
भेटका क्रममा पन्तसहितको टोलीले काँग्रेस निकट उम्मेदवार कुल आचार्यको पक्षमा चुनावी नतिजा पार्न काँग्रेस र माओवादी केन्द्र लागेको र सोहीअनुसार परराष्ट्र मन्त्रालयले व्यवधान खडा गरेको ओलीसमक्ष गुनासो गरेका थिए । पन्तले एमालेनिकट उम्मेदवार बद्री केसीलाई हराउन सत्तारुढ गठबन्धन र सरकार नै लागिपरेको सुनाएका थिए ।
पन्तले हालका उपाध्यक्षसमेत रहेका डा. बद्री केसी नेतृत्वको दौडमा रहेको र उनी एमाले निकट भएकै कारण विपक्षीबाट समस्या खडा गर्ने काम भएको ओलीलाई बताएका थिए ।
एमालेको पक्षमा विश्वभरका एनआरएनएहरुको आकर्षण रहेको, तर अध्यक्षका अर्का उम्मेदवार कूल आचार्य पक्षले अनावश्यक राजनीति गरिरहेको पनि पन्तको गुनासो थियो । आचार्यकै योजनामा एनआरएनएका केही अभियन्ताले विवाद झिकेर परराष्ट्र मन्त्रालयमा उजुरी गरेको र सोही उजुरीको बलमा परराष्ट्रले निर्वाचन प्रक्रिया अघि बढाउन रोक लगाएको पनि पन्तले ओलीलाई बताएका थिए ।
परराष्ट्रले विवाद निरुपण नभई निर्वाचन नगर्न निर्देशन दिएपछि पन्तको कार्यकाल ६ महिना थप गर्ने निर्णय भइसकेको छ भने नोभेम्बर ३० भित्र विश्वसम्मेलन गर्ने निर्णय पनि भइसकेको छ ।
यद्यपि विभिन्न देशबाट प्रतिनिधि चयनको विवाद भएको भनिएको विवाद भने अझै मिलिसकेको छैन । बरु एनआरएनएमा एकपछि अर्को विवाद थपिइरहेको छ । एनआरएनएहरु एउटा समूह सत्ता गठबन्धन र अर्को समूह एमाले निकट भएपछि विवाद मिल्नुको साटो थप दूरी बढ्न थालेको हो ।
भेटका क्रममा ओलीले एनआरएनएमा राजनीतिकरण हुन नहुने भन्दै आफू नेतृत्वमा हुँदा सरकारले गरेका काम कारबाहीबारे लामो प्रवचन सुनाएका थिए । ओलीले अहिलेको नेतृत्वमा एमालेको बाहुल्य रहेको र अब पनि एमाले निकटकै व्यक्तिलाई एनआरएनएमा विजयी गराउने गरी आफूले माहोल बनाउन लागिपर्ने आवश्वनसमेत दिएको स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ कार्तिक २०७८, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन