काठमाडौँ । रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा ५७ वर्षीय सिंजालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिंजालीलाई मङ्गलबार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो ।
उपचारका क्रममा मङ्गलबार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । सिंजालीको आज कालीगण्डकीस्थित करौदी खोलाघाटमा दाहसंस्कार गरिएको छ ।
वडा सदस्य सिंजालीको निधनमा दुख व्यक्त गर्दै गाउँपालिकाले आज पालिका कार्यालय तथा वडा कार्यालयमा शोक बिदा दिएको छ । सिंजाली गत स्थानीय तहको चुनावमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ कार्तिक २०७८, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु