काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो । वार्तामा मुख्यगरी दुई विषयमा छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार विप्लवका कार्यकर्ताविरुद्धका मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिको अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।
त्यसैगरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दालाई किनारा लगाउन र बन्दीहरूलाई रिहा गर्न कसरी सकिन्छ त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने कुरामा पनि सहमति भएको सचिव पाण्डेले जानकारी दिए । गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ कार्तिक २०७८, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव
‘विप्लव’सँग एकता गर्न माओवादीले समिति बनाउने
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
विप्लव र सुदन किरातीबिच भेटवार्ता
गणतन्त्रमा झारपातहरू मौलाए: विप्लव
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन