सिटिइभिटीलाई विकट ठाउँमा लैजानुपछ : शिक्षामन्त्री

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, २२ : १०
सिटिइभिटीलाई विकट ठाउँमा लैजानुपछ : शिक्षामन्त्री

फाइल फोटो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सिटिइभिटीलाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् । मंगलबार सीटीईभिटीमा कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सिटीईभिटीलाई गाउँगाउँमा लैजानुपर्ने बताए । 

उनले भने, ‘सीटीईभिटी भनेको शिक्षा मन्त्रालय मातहतको हो। जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुखि दक्ष जनशक्ती उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नपर्ने उनको भनाई थियो । देशरभर ६१ आंगिक प्राविधिक शिक्षालय भएको बताउँदै आवश्यकताका आधारमा सम्बन्धन दिन समस्या नहुने विषयलाई मन्त्री पौडेलले प्रस्टाएका छन् ।

उनले भने, ‘जनतासँग जोडिएको विषय भएकाले यसलाई उत्पादनसँग जोड्दै जनपक्षीय बनाउनुपनुपर्छ ।’ सिटिइभिटिका कर्मचारीले कर्मचारी दरबन्दीको समस्या, अदालतमा परेको मुद्दाका विषयमा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस