काठमाडौं । त्रिभुवन विश्वविद्यालय दीक्षान्त समारोहमा सहभागी हुने बिद्यार्थीहरूले आवेदन दिन अब तीन दिन मात्रै बाँकी छ । ५ कात्तिकभित्र अनलाइन आवेदन भर्ने विद्यार्थीलाई मात्रै विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी गराउने छ ।
गत २१ भदौदेखि अनलाइन आवेदन माग गरेको विश्वविद्यालयले २० असोजसम्म आवेदन दिन मिति तय गरेको थियो । तर, दसैँ बिदाको समय थप गर्न अनुरोध आएको भन्दै ५ कात्तिकसम्म म्याद थप गरिएको थियो ।
त्रिवी केन्द्रीय परिक्षा सञ्चालक समितिको निर्णयअनुसार ५ कात्तिकभित्र आवेदन दिनेलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गत २० असोजको निर्णयमार्फत थप गरिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । त्रिविले ४७औं दीक्षान्त समारोह आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ कार्तिक २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय