आजको मौसम : धेरै स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, ०७ : ३५
आजको मौसम : धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मंगलबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो । 

महाशाखाको मौसमी बुलेटिनअनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।  प्रदेश १, प्रदेश २,  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । यसगरी सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थानहरु र प्रदेश २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
 
यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस