कोरोना अपडेट : थप ५ सय ९१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १७ : ०४
कोरोना अपडेट : थप ५ सय ९१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको छ।

सोमबार ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८७४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ६५४ पीसीआर तथा २ हजार ४३ एन्टिजेन परीक्षण भएको छ।

 

प्रतिक्रिया दिनुहोस