दशैँको टिकाकै दिन प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी

सफल खबर संवाददाता

शुक्रबार, २९ असोज २०७८, १६ : १७
दशैँको टिकाकै दिन प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ ।

धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको बताए ।

उनले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस