इस्लामावाद । पाकिस्तानको सरकारी ध्वजाबहाक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले काबुल उडान रोकेको छ । तालिवान अधिकारीले हस्तक्षेप गरेको कारण देखाउँदै पीआईएले आफ्नो उडान स्थगित गरेको शुक्रबार जनाएको छ ।
तालिवान सरकारले पीआइएलाई यसअघि पश्चिमा सरकार ढल्नुअघिको भाडा दर घटाउन दबाब दिएपछि एयरलाइन्सले हवाई सेवा स्थगित गरेको जनाएको छ । पीआईए अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र एयरलाइन्स हो ।
‘काबुलका उड्यन प्राधिकरणका अव्यवसायिक अधिकारीहरुको व्यवहारले हाम्रो उडानमा बारम्बार ढिलाई हुने गरेको थियो,’ पीआइएका प्रवत्ता अब्दुल्लाह हफेज खानले भने ।
अवस्था सामान्य नहुन्जेल काबुल इस्लामावाद उडान स्थगित गरिने उनले प्रष्ट पारे । उडान सञ्चालनमा तालिवान अधिकारीहरु जहिले पनि असहयोगी बनेको र एकपटक तालिवान लडाकुले पीआईएका कर्मचारीलाई दुव्र्यबहार गरेको पाकिस्तानले आरोप लगाएको छ । यसअघि तालिवानले भाडदर समायोजन नगरे पीआईए र अफगानिस्तानको विमान सेवा काम एयरको उडान अबरोध गर्ने चेतावनी दिएको थियो ।
काबुलदेखि अन्य अन्य अन्तर्राष्ट्रिय उडान बन्द भएपछि इस्लामावादबाट काबुलसम्मको भाडदर एजेन्टले २५ सय डलरसम्ममा बिक्री गरेका थिए । यही १५ अगस्टमा तालिवानले काबुल कक्जा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २९ असोज २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान