संस्थापनइतर समूहबाट एउटै उमेदवार बन्छ :  कोइराला

सफल खबर संवाददाता

मंगलबार, २६ असोज २०७८, १३ : ३३
संस्थापनइतर समूहबाट एउटै उमेदवार बन्छ :  कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन् । यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाको समेत तिहारलगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताएका हुन् ।

उनले भने, ‘तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमा नै गर्नुपर्छ ।’ १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए। महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए। उनले भने, ‘छलफल भइरहेको छ ।

संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ ।’ आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आर्फू बलियो उम्मेदवार रहेको बताए । फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उनको भनाइ थियो । उनले भने, “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।”

प्रतिक्रिया दिनुहोस