कर्सिया बजारको सिटिजन्स बैंकमा गोली चल्यो

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, १६ : ४२
कर्सिया बजारको सिटिजन्स बैंकमा गोली चल्यो

विराटनगर । मोरङको रंगेली नगरपालिकाको कर्सिया बजारमा गोली चलेको छ ।

कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले गोली चलेको खबर पाएपछि आफू घटनास्थलतर्फ जाँदै गरेको बताए ।

प्रहरीका अनुसार लुटपाटको आशंकामा गोली चलाइएको हो ।

प्रतिक्रिया दिनुहोस