काठमाडौं । नेकपा एमालेका महासचिव ले आफू फेरि एमाले महासचिवमा नदोहोरिने बताएका छन् । आइतबार पोखरेलले सञ्चारकर्मीबीच बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले आफू दुईचोटी महासचिव भैसकेको भन्दै अब फेरि नदोहोरिने बताएका हुन् ।
‘म दुईपटक एमालेको महासचिव भइसकेँ, तपाईंहरुलाई स्पष्ट भन्छु–अब म महासचिवमा दोहोरिन्न’, पोखरेलको भनाइ छ । उनले अबको आफ्नो भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने भन्दै एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको समेत स्पष्ट पारे ।
महासचिव पोखरेललाई पत्रकारहरूले तपाई आगामी दिनमा वरिष्ठ उपाध्यक्ष हुने कि अध्यक्ष हुने रु भनेर गरेको प्रश्नमा स्पष्ट पार्न भने चाहेनन् । पोखरेलले एमाले नेतृत्वको सरकारले गरेका कामहरू घोषणापत्र अनुसार भएकी भएनन् भनेर रिडिङ गर्न आग्रह समेत गरे ।
नेकपा एमालेले आगामी मङ्सिरमा नेतृत्व चयनका लागि दसौँ राष्ट्रिय महाधिवेशन गर्दैछ । फरक प्रसङ्गमा पोखरेलले अहिले देशमा दुईवटा राजनीतिक पोल रहेको भन्दै एउटा पोलको नेतृत्व नेकपा एमालेले गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असोज २०७८, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले देश बनाउने शक्ति : ईश्वर पोखरेल
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल