नेपालमा आज थप ७ सय ६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १६ : ५५
नेपालमा आज थप ७ सय ६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १६८ र एन्टिजेन विधिबाट ५ हजार ८६३ जनामा परिक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १ हजार ६३३ र एन्टिजेनबाट ९२ हजार ९६३ जना पुगेको छ ।  

यस्तै, आज थप ८९९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७५ हजार ७२ जना पुगेको छ । निको हुने दर ९६.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २२१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ ।