शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक (भिडियोसहित )

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १५ : २५
शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक (भिडियोसहित )

काठमाडौं । इम्प्रेसन्स इन्टरटेनमेन्टले गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘पिउन सुरु गरेपछि’ सार्वजनिक गरेको छ ।

एक कार्यक्रमका बीच काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहको प्रमुख आतिथ्यमा म्युजिक भिडियोलाई मिडिया हब युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सिंहले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायतका टीमलाई बधाई दिएका थिए ।

कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका हुन् ।

रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको गीतको भिडियोमा नायक पुष्प खड्काका साथमा टिकटक स्टार्स, अन्जली लुईंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस