काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्नु गैर संवैधानिक र गैर कानुनी कदम भएको बताएका छन् ।
प्रेस सेन्टरले आज विहान भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले लगातार संसद अवरुद्ध गर्दै आएको एमालेसंग संसद अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार नभएको बताएका हुन् । ‘आफैले पटक–पटक विघटन गरेको संसद अवरुद्ध गर्ने एमालेलाई अधिकार छैन, बरु संसद छोडेरै गए त भइहाल्यो’ प्रचण्डले भने । उनले एमालेसंग संसद अवरुद्ध गर्नमा कुनै तर्क, तथ्य पनि नभएको बताए ।
अध्यक्ष दाहालले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) संग तत्काल पार्टी एकता नहुने भन्दै निर्वाचनसम्म तालमेल गरेर जाने राम्रो समझादारी बनेको बताए । उनले चितवनमा पनि समझादारीका साथ अघि बढ्ने बताए ।.
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असोज २०७८, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने