वाग्मती प्रदेशमा विश्वासको मत प्राप्त गर्न संसद्मा प्रस्ताव पेश

रासस

शुक्रबार, २२ असोज २०७८, १९ : ५२
वाग्मती प्रदेशमा विश्वासको मत प्राप्त गर्न संसद्मा प्रस्ताव पेश

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टक्ष्मी शाक्यले विश्वासको मत लिनको लागि प्रदेश संसद्मा प्रश्ताव पेश गरेकी छन् ।  यही २४ गते बस्ने वाग्मती प्रदेशसभा बैठकमा प्रस्तावको रूपमा लैजान आज पत्र पेश गरेकी हुन्।

मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८(२) बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उक्त प्रस्ताव संसद्मा पेश भएको हो । 

उनले नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) विभाजन भएर उक्त दलका १२ सांसदले नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) रोजेपछि उनले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यही २४ गते ११ बजेदेखि सुरु हुने वाग्मती प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश हुने वाग्मती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पत्र बुझेपछी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस