हिमालयन बैंकले गर्‍यो २६ प्रतिशत लाभांशको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १६ : ५५
हिमालयन बैंकले गर्‍यो २६ प्रतिशत लाभांशको घोषणा

काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनापफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ  ।

बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।