देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँण दोस्रो बरियतामा

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १६ : ०६
देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँण दोस्रो बरियतामा

काठमाडौं  । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा बालकृष्ण खाँणले दोस्रो वरियता पाएका छन् ।

खाँणलाई दोस्रो वरियता दिइए पनि देउवाले उपप्रधानमन्त्री भने बनाएका छैनन् । काँग्रेस प्रमुख सचेतक समेत रहेका खाँणलाई गृह मन्त्रालयको जिम्मेवारी रहेको छ । देउवापछि ज्ञानेन्द्र बहादुर कार्कीको वरियता रहेको छ । 

शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस