नेकपा एकीकृत समाजवादीले खतिवडालाई स्वास्थ्यमन्त्री, रामकुमारीलाई पर्यटनमन्त्री बनाउने

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १४ : २८
नेकपा एकीकृत समाजवादीले खतिवडालाई स्वास्थ्यमन्त्री, रामकुमारीलाई पर्यटनमन्त्री बनाउने

भदौ । नेकपा एकीकृत समाजवादीले तीन जनाको मन्त्रालय हेरफेर गरेको छ ।

जसअन्तर्गत विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको हो  यस्तै खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् । उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिएका छन् ।

स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस