हनुमानढोकाको दसैं घरमा राखियो जमरा

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १३ : ४८
हनुमानढोकाको दसैं घरमा राखियो जमरा

काठमाडौं । आज दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा हिन्दु धर्मावलम्बी नेपालीहरुले घरघरमा जमरा राखेजस्तै काठमाडौंको बसन्तपुरस्थित दसैँघरमा पनि जमरा राखिएको छ । 

घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो । त्यसक्रममा नेपाली सेनाको टोलीले विभिन्न मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ गरेको थियो । 

घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

प्रतिक्रिया दिनुहोस