पाकिस्तान । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २० जना मारिएका छन् । स्थानीय अधिकारीहरुका अनुसार भग्नावशेष हटाउने र उद्धार गर्ने काम जारी छ । बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे ५ दशमलव ९ म्याग्नेच्यूडको भूकम्प गएको थियो । भूकम्पबाट सबैभन्दा धेरै क्षति हर्नाइ जिल्लामा भएको छ ।
यो जिल्ला बलोचिस्तानको प्रान्तीय राजधानी क्वेटा शहरबाट झन्डै १ सय किलोमिटर टाढा छ । भूकम्प जाँदा यहाँको अधिकांश जनसंख्या सुतिरहेको थियो । ‘कम्तिमा २० जना घाइते भएका छन् र हाम्रो अनुमानमा कम्तिमा १ सयजना घाइते छन्,’ प्रान्तीय मन्त्री जिया लानगोभले भने । भूकम्पका कारण पहिरो जाँदा सडकहरू अवरुद्ध भएको लानगोभले बताए । ‘पहिरोले उद्धार कार्यमा समस्या थपेको छ,’ उनले भने,‘सडकबाट पहिरो हटाउने कार्य चलिरहेको छ ।’
पाकिस्तानी सेनाका अनुसार केही उद्धारकर्मीहरु हनाईमा पुगिसकेका छन् र ९ जना गम्भिर घाइतेलाई एयर फोर्समार्फत उद्धार गरेर क्वेटा ल्याइएको छ । विपद्बाट प्रभावित भएकाहरुको उपचार तथा उनीहरुलाई खाद्यान्न र आश्रयस्थल उपलब्ध गराउन स्थानीय स्वयंसेवीसँगै सेनाका चिकित्सक र स्वास्थकर्मीहरु जुटिरहेका छन् । उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि रावलपिन्डीमा टोली पठाइएको पनि सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २१ असोज २०७८, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल