पाकिस्तान । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २० जना मारिएका छन् । स्थानीय अधिकारीहरुका अनुसार भग्नावशेष हटाउने र उद्धार गर्ने काम जारी छ । बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे ५ दशमलव ९ म्याग्नेच्यूडको भूकम्प गएको थियो । भूकम्पबाट सबैभन्दा धेरै क्षति हर्नाइ जिल्लामा भएको छ ।
यो जिल्ला बलोचिस्तानको प्रान्तीय राजधानी क्वेटा शहरबाट झन्डै १ सय किलोमिटर टाढा छ । भूकम्प जाँदा यहाँको अधिकांश जनसंख्या सुतिरहेको थियो । ‘कम्तिमा २० जना घाइते भएका छन् र हाम्रो अनुमानमा कम्तिमा १ सयजना घाइते छन्,’ प्रान्तीय मन्त्री जिया लानगोभले भने । भूकम्पका कारण पहिरो जाँदा सडकहरू अवरुद्ध भएको लानगोभले बताए । ‘पहिरोले उद्धार कार्यमा समस्या थपेको छ,’ उनले भने,‘सडकबाट पहिरो हटाउने कार्य चलिरहेको छ ।’
पाकिस्तानी सेनाका अनुसार केही उद्धारकर्मीहरु हनाईमा पुगिसकेका छन् र ९ जना गम्भिर घाइतेलाई एयर फोर्समार्फत उद्धार गरेर क्वेटा ल्याइएको छ । विपद्बाट प्रभावित भएकाहरुको उपचार तथा उनीहरुलाई खाद्यान्न र आश्रयस्थल उपलब्ध गराउन स्थानीय स्वयंसेवीसँगै सेनाका चिकित्सक र स्वास्थकर्मीहरु जुटिरहेका छन् । उद्धार कार्यलाई थप प्रभावकारी बनाउनका लागि रावलपिन्डीमा टोली पठाइएको पनि सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २१ असोज २०७८, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा