सागर धिमालको दशैं तिहार गीत  ‘हर्षमय’ सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १२ : २६
सागर धिमालको दशैं तिहार गीत  ‘हर्षमय’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सागर धिमालको भर्खरै दसैं, तिहार गीतको म्युजिक भिडियो बजारमा आएको छ । हरि गजुरेलको लय,शब्द र सागर धिमालको संगीत रहेको गीत  ‘हर्षमय’ सार्वजनिक भएको हो ।

दशैं, तिहारलाई लिएर धेरै गीतहरु बजारमा आइरहेकै छन् । तर यस गीतमा धिमालले आफ्ना परम्परा, मूल्य, मान्यताका अहम भावहरुलाई उच्चतम महत्व दिएर आधुनिकताको सुनौलो आयाममा गीतलाई अलि पृथक रुपमा पस्केका छन्।

आज डिजिटल दुनियाँ र नयाँ  पुस्तालाई दसैं, तिहारको महत्व दर्शाउन यी पर्वहरुको ऐतिहासिकता बुझाउँदै दसैं महिमा गाएको यो गीतले तिहारमा देउसी भैलो, दिदी, भाइप्रतिको आपसी सम्मान, माया र प्रेमको कुरालाई पनि सुन्दर रुपमा  उजागर गरेको छ ।

 (भिडियो)

 

प्रतिक्रिया दिनुहोस