१८ महिनादेखि बन्द रहेको चलचित्र हल आजदेखि खुल्यो

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, ११ : ५१
१८ महिनादेखि बन्द रहेको चलचित्र हल आजदेखि खुल्यो

काठमाडौँ । कोरोना भाइरस महामारीले १८ महिनादेखि बन्द रहेको चलचित्र हलहरु बिहीबारदेखि खुलेका छन्। काठमाडौँ, पोखरासहितका ठूला शहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि अंग्रेजी चलचित्र प्रदर्शन गर्दै हल पुनस् सञ्चालनमा ल्याइएको हो ।

देशभरिमा खुल्ने हलमा बिहीबार हलिउड चलचित्र ‘फास्ट एण्ड फ्यूरियस ९’ र ‘नोबडि’ प्रदर्शन हुँदैछ। यस्तै असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टू डाइ’ प्रदर्शन हुँदैछन्।

चलचित्र संघले लामो समयको प्रयासपछि हल खोल्ने वातावरण तयार पारेको हो।

प्रतिक्रिया दिनुहोस