बलिउड चलचित्र ‘उचाइ’ छायांकनका लागि भारतीय कलाकारहरु लुक्ला प्रस्थान

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १० : १३
बलिउड चलचित्र ‘उचाइ’ छायांकनका लागि भारतीय कलाकारहरु लुक्ला प्रस्थान

काठमाडौं । नेपालमा सुटिंग हुन लागेको बलिउड चलचित्र ‘उचाइ) को छांयाकनका लागि काठमाडौं आएका भारतीय कलाकारहरु आज लुक्ला प्रस्थान गरेका छन् ।

बलिउडका चर्चित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने चलचित्रको छायांकनका लागि मुख्य कलाकार अनुपम खेर, परिनीति चोपडा, बोमन इरानीजस्ता कलाकार काठमाडौंमा केही समय बिताएर आज बुधबार लुक्ला प्रस्थान गरेका छन्। 

निर्देशक बडजात्याले ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, प्रेम रतन धन पायो’ जस्ता  सफल चलचित्र निर्देशन गरिसकेका छन् ।  निर्देशक बडजत्याका अनुसार यो फिल्ममा केही नेपाली कलाकारहरु पनि जोडिने भएका छन् । ‘उचाइ’ मा एक दर्जनभन्दा बढी व्यवसायिक नेपाली कलाकार, प्राविधक र भरियासहित केही स्थानीय पनि जोडिएका छन् । 

उचाइको छायांकन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ। छायांकनका लागि भारतबाट १५० जनाभन्दा बढी क्रु मेम्बर नेपाल आएको बताइएको छ।

धेरै कुरा नखुलाइएको राजश्री प्रोडक्सनको उचाइबारे पाइएको जानकारी अनुसार यो फिल्म मन मिल्ने साथीहरुको मित्रताको कहानी भएको ट्राभल मुभी हो। फिल्ममा अनुपम खेर, बोमन इरानी र परिणिताबाहेक अमिताभ बच्चन र सारिका हसन महत्वपूर्ण भूमिकामा देखिने छन्। 

प्रतिक्रिया दिनुहोस