माओवादीले छान्यो यी तीन मन्त्री र एक राज्यमन्त्री

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १८ : ३६
माओवादीले छान्यो यी तीन मन्त्री र एक राज्यमन्त्री

काठमाडौं । नेकपा एकीकृत माओवादीले आफ्नो भागमा परेका बाँकी तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

CG Developers Tansen Cement box

स्थायी कमिटी बैठकबाटै मन्त्रीको नाम टुंगो लगाइएको स्रोतले जनाएको छ । माओवादीबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्ने टुंगो लागेका हो । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस