काठमाडौं । उद्योगीहरूले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता तत्काल संसदबाट पारित गर्न आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्वर अफ कमर्सका राजेन्द्र मल्लले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रहित हेरेर एसमीसी सदनबाट पारित गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गरेका छन् ।
‘नेपाल सरकार र एमसिसीबीच १४ सेप्टेम्बर सन् २०१७ मा भएको सम्झौताअनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन । संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वसर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको चार वर्षसम्म कार्यान्वयन हुन नसकेको हो’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्नेछ ।
कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्दछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असोज २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
एमसीसी सबस्टेसन ठेक्का अन्तिम चरणमा