काठमाडौं । नेताहरुको कार्यविभाजन गर्न एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन ।
स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असोज २०७८, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय