एमालेमा वरिष्ठ उपाध्यक्ष अब को ?

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, ०८ : ४९
एमालेमा वरिष्ठ उपाध्यक्ष अब को ?

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनले अबको महाधिवेशनबाट बन्ने पार्टीको संरचना सुनिश्चित गरेपछि नेताहरुको ध्यान आफनो पद अब कहाँ सुरक्षित रहन्छ भन्ने लेखाजोखामा केन्द्रीत हुन थालेको छ । अध्यक्षमा केपी ओलीले नै क्लास दोहोराउने र अबको महाधिवेशन पछि पनि आफ्नो पद ७० वर्षे उमेरहदले पनि रोक्न नसक्ने गरी प्रष्ट ब्याख्या गराएपछि नेताहरुको ध्यान विशेष गरी बरिष्ठ उपाध्यक्ष र महासचिवमा पर्न थालेको छ ।

ओली अध्यक्षमै दोहोरिने निश्चित जस्तै देखिएपछि आकांक्षी नेताहरु वरिष्ठ उपाध्यक्ष तिर आँखा मोडन लागेका छन् । शुरुमा एमालेले वरिष्ठ उपाध्यक्षको पद विधानमा राख्न चाहेको थिएन् । ओलीले आफनो समकक्षी हुने र प्रतिस्पर्धामा आउन चाहने भएकोले वरिष्ठ नेताको पद नराख्ने गरी विधानमा ब्यवस्था गरे । उनले उपाध्यक्ष जम्मा जम्मी २ जना मात्र राख्न चाहेका थिए । उपमहासचिव पद पनि हटाएर ७ जना सचिव मात्र राख्न चाहेका थिए ।

तर पछि नेताहरुले आ आफनो स्थान खोज्दै त्यसमा असन्तुष्टि जनाएपछि उपाध्यक्ष तीन जना सम्म राख्ने गरी प्रस्ताव ल्याएका थिए । तर एमालेको विधान महाधिवेशनमा नेताहरुले आफु निकटहरुमार्फत उपाध्यक्षको संख्या थप गर्न प्रस्ताव गरे । जसले एमालेमा उपाध्यक्षको पद ओलीले नचाहदा नचाहदै पनि थपिने अवस्था निम्तियो । उपाध्यक्षमा एक जना वरिष्ठ उपाध्यक्ष सहित ५ जना रहने गरी अन्ततः विधानमा ब्यवस्था भयो । उपमहासचिव पनि एउटा थपियो ।

शंकर पोखरेललाई ओलीले पछिल्ला दिनमा अगाडी बढाईरहेका छन् । पोखरेललाई विधान महाधिवेशनमा पनि आफनो राजनीतिक प्रतिवेदन पेश गर्न दिएबाट उनी अवको महासचिव बन्न सक्ने चर्चा एमालेवृतमा छ । तर वरिष्ठ उपाध्यक्ष अब को ? यसमा पनि निक्कै चर्चा छ । वरिष्ठ उपाध्यक्षका लागि इश्वर पोखरेल, सुवास नेम्बाङ, रामबहादुर थापा (बादल), अष्टलक्ष्मी शाक्य, भीम आचार्य सबैभन्दा वढी आकांक्षी हुन् । इश्वर पोखरेलका लागि फेरि महासचिवमा तेहेरिन विधानले दिदैन । दुई कार्यकाल कार्यकारी पदमा रहेका ब्यक्तिले सोही पदमा तेहरिन नपाउने गरी विधानमा ब्यवस्था छ ।

मंसिर १०, ११ र १२ गते महाविधेशन बुटवलमा गरिने तय भएको छ । त्यसपछि महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा आकांक्षीहरुको खोजी शुरु भएको हो । महासचिव पदका लागि विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ दाबेदार हुन्। तीमध्ये पनि पौडेल र पोखरेलको चर्चा बढी छ। ओलीले पोखरेललाई उत्तराधिकारी तय गर्न सक्ने आंकलन गर्न थालिएको छ । नेकपा कालमै ओलीले आफु पछि नेतृत्व हुने गरी पोखरेललाई महासचिवका रुपमा अगाडी बढाउन चाहेको चर्चा हुने गरेको थियो । विष्णु पौडेललाई उनले नेकपा कालको महासचिव र एमालेमै पनि संगठन विभागको जिम्मा दिएका थिए ।

तर शंकर पोखरेललाई ओलीले पछिल्ला दिनमा अगाडी बढाईरहेका छन् । पोखरेललाई विधान महाधिवेशनमा पनि आफनो राजनीतिक प्रतिवेदन पेश गर्न दिएबाट उनी अवको महासचिव बन्न सक्ने चर्चा एमालेवृतमा छ । तर वरिष्ठ उपाध्यक्ष अब को ? यसमा पनि निक्कै चर्चा छ । वरिष्ठ उपाध्यक्षका लागि इश्वर पोखरेल, सुवास नेम्बाङ, रामबहादुर थापा (बादल), अष्टलक्ष्मी शाक्य, भीम आचार्य सबैभन्दा वढी आकांक्षी हुन् । इश्वर पोखरेलका लागि फेरि महासचिवमा तेहेरिन विधानले दिदैन । दुई कार्यकाल कार्यकारी पदमा रहेका ब्यक्तिले सोही पदमा तेहरिन नपाउने गरी विधानमा ब्यवस्था छ ।

ओलीका लागि अनुकुल विधान बनेपनि पोखरेलका लागि अनुकुल विधान छ । उनका लागि उपाध्यक्ष या वरिष्ठ उपाध्यक्ष बन्ने बाटो मात्र खुलेको छ । त्यसकारण उनी वरिष्ठ उपाध्यक्षको दावेदार हुन् । ओलीका विश्वासपात्र नेता नेम्वाङ पनि वरिष्ठ उपाध्यक्षको आकांक्षी हुन । एमाले कालमै उपाध्यक्ष जितेकी राष्ट्रपति विधादेवी भण्डारी राष्ट्रपतिमा पुगेपछि रिक्त पदमा ओलीले नेम्वाङलाई उपाध्यक्ष ल्याउन चाहेका थिए । जसकाकारण उनी पनि स्वभाविक दावेदार हुन् । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत नेताहरु एमालेमा नरहेका कारण पनि इश्वर, सुवास लगायत नेताहरु यसका दावेदार हुन् ।

माओवादी छोडेर ओलीको शरणमा पुगेका रामबहादुर थापा पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन् । ओलीको वफादार कार्यकर्ता बनेर उनी अहिले मदन भण्डारीको जवजको समेत ब्याख्यता हुन थालेका छन् । अर्कोतिर उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन् । माधव नेपाललाई अन्तिम समयमा धोका दिएर ओलीसँगै समर्पण गरी बसेका रावल र शाक्य पनि वरिष्ठ उपाध्यक्षको पद ताकेर बसेका छन् ।

माओवादी छोडेर आउने् देखि माधव नेपाल छोडेर आउने सम्मको उचित ब्यवस्थापन नहुँदा फेरि एमालेमा नयाँ किचलो शुरु हुने सम्भावना रहेकोले सबैको मनोविज्ञान समेटन पनि रामबहादुर थापा देखि भीम रावल र अष्टलक्ष्मी सम्मको ब्यवस्थापन गर्नुपर्ने हुन्छ । जसकाकारण पनि एमालेमा वरिष्ठ उपाध्यक्ष को बन्ला निक्कै चासोका साथ हेर्न थालिएको छ । एमाले सचिव पृथ्वीसुब्बा गुरुड सबैको मनोविज्ञान समेटेर पार्टी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए । उनले भने, माओवादी छोडेर आएका र माधव नेपालछोडेका साथीहरुसम्मको ब्यवस्थापन राम्ररी गर्नुपर्ने हुन्छ । त्यो महाधिवेशनले गर्छ।

प्रतिक्रिया दिनुहोस